हिमालयन बैंकको एजीएमबाट २२ प्रतिशत लाभांश पारित, को को चयन भए सञ्चालक ?

Advertisement

काठमाडौं । हिमालयन बैंकको २७ औँ वार्षिक साधारण सभा(एजीएम) बुधबार सम्पन्न भएको छ । साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरे अनुसार १२ प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस शेयर पारित गरेको छ ।

साधारण सभा प्रयोजनका लागि माघ १३ गतेदेखि बुक क्लोज गरेकाले माघ १२ गतेसम्म कायम शेयरधनीहरु मात्र लाभांश पाउन योग्य भएका छन् ।

साथै साधारण सभाले संस्थापक सेयरधनीको तर्फबाट ५ जनालाई सञ्चालकमा निर्विरोध निर्वाचित गरेको छ ।

सञ्चालकहरुमा आशिष शर्मा, प्रचण्डबहादुर श्रेष्ठ, सुनिलबहादुर थापा, फैसल लालानी र तुलसीप्रसाद गौतम निर्वाचित भएका हुन् । नयाँ सञ्चालकका लागि ५ जनाको मात्रै उमेदवारी परेपछि निर्बिरोध चयन भएका हुन् ।

Advertisement

Advertisement

Advertisement