बजेटको अर्धवार्षिक समीक्षाः खर्च ४३० अर्ब, ‘९० प्रतिशत बजेट खर्च हुने अनुमान’

,   २९ माघ २०७६, बुधबार, ०३:५८ pm   

काठमाडौँ । चालु आर्थिक वर्ष २०७६/७७ को ६ महिनामा ४३० अर्ब खर्च भएको छ । अर्थ मन्त्रालयमा बुधबार आयोजित बजेटको अर्धवार्षिक समीक्षा कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले यो अवधिमा ४५६ अर्ब राजश्व संकलन भएको समेत जानकारी दिए ।

यसपालीको राजश्व संकलनको लक्ष्य पूरा नहुनेतर्फ अर्थमन्त्रीले संकेत गरे । यस आवमा ९० प्रतिशत बजेट खर्च हुने अनुमान छ-अर्थमन्त्रीले पत्रकार सम्मेलनमा बताए । चालु आवमा पूँजीगत खर्च ८० प्रतिशत पुग्ने अर्थमन्त्रीले बताए । अर्थमन्त्री खतिवडाले वैदेशिक सहायता नीति मार्फत यसवर्ष ५० अर्ब लिंदैछौँ–अर्थमन्त्री खतिवडाले भने ।

त्यसैगरी समीक्षा अवधिमा आन्तरिक ऋण परिचालन नभएको जानकारी पनि दिए । स्थायी लेखा नम्बर(प्यान) लिने संख्या ९ लाख ६७ हजार थपिएको बताउँदै करदाताको संख्या २९ लाख ३९ हजार पुगेको बताए ।

aecc

राष्ट्रिय गौरवका आयोजनको प्रगति २० प्रतिशत रहेको बताए । त्यसैगरी यो समयावधिमा ७ हजार ५ सय जनाले सहुलियत कर्जा लिएको अर्थमन्त्री खतिवडाले बताए । फागुन महिना भित्र विभिन्न आयोजना र विकासका कामको ठेक्का नलगाए बजेट नदिने समेत उनले बताए । कर्मचारीलाई सवारी साधन, कार्यालय र फर्निचरको मापदण्ड बनाइरहेको अर्थमन्त्रीले पत्रकार सम्मेलनमा बताए ।