ललितानिवास प्रकरण: पूर्वप्रधानमन्त्रीद्धय नेपाल र भट्टराईलाई पनि मुद्दा चलाउन माग गर्दै रिट

Advertisement

काठमाडौँ । बहुचर्चित बालुवाटारस्थित ललिता निवासको जग्गा भ्रष्टाचार प्रकरणमा पूर्वप्रधानमन्त्रीद्धय माधव नेपाल र बाबुराम भट्टराई विरुद्ध पनि मुद्दा चलाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरिएको छ । वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्णयलाई चुनौति दिँदै नेपाल र भट्टराईविरुद्ध मुद्दा दायर गर्न माग गर्दै रिट दायर गरेका हुन।

अख्तियारले मन्त्रिपरिषद्को नीतिगत निर्णयमा आफूले मुद्दा चलाउन नसक्ने बताइरहेको बेला न्यौपानेले नेपाल र भट्टराईले गरेको निर्णयहरु नीतिगत नभई कार्यकारी भएकोले मुद्दा चलाउनुपर्ने तर्क अघि सारेका छन् । अख्तियारले यसअघि नै काँग्रेस नेता एवं तत्कालिन भौतिक योजनामन्त्री विजय गच्छदारसहित १७५ जनाविरुद्ध मात्रै अभियोगपत्र विशेष अदालतमा दर्ता गरिसकेको छ ।

Advertisement

Advertisement

Advertisement