डिसहोमको ‘डिलर दाईको डिस्काउन्ट’ अफरः बार्षिक रिचार्ज गर्नेलाई सुविधै सुविधा

Advertisement

काठमाडौं । डिशहोमले यही माघ २७ देखि लागू गरेको ‘डिसहोममा डिलर दाईको डिस्काउन्ट’अफरमा बार्षिक रिचार्ज गर्ने ग्राहकलाई सुविधै सुविधाको व्यवस्था गरेको छ । यस योजनामा डिसहोमको फण्ड ट्रान्सफर सेवाबाट एकै पटक बार्षिक रिचार्ज गर्दा हरेक हप्ता दुई जनालाई एक–एक लाख रुपियाँ नगद र आफ्नो प्याकेजमा नभएका च्यानल पनि छानेर निःशुल्करुपमा हेर्न पाइने जस्ता सुविधा छन् ।

डिलरमार्फत फण्ड ट्रान्सफरबाट बार्षिक रिचार्ज गरेवापत एड–वान प्याकेजसहित साप्ताहिक गोलाप्रथामा भाग लिन पाइने यो योजना २२ हप्तासम्म सञ्चालन हुने डिसहोमका बिक्री प्रमुख रमेश सापकोटाले जानकारी दिए । उनले यो योजनामा ४४ जनाले एक लाख रुपियाँका दरले उपहार जित्नसक्ने महत्वपूर्ण अवसर भएको बताए ।

सापकोटाका अनुसार फागुन २ गतेबाट डिशहोमको सोकेस च्यानल नं. १०० मा प्रत्येक शुक्रबार बेलुका ५ बजे प्रत्यक्ष प्रसारण गरी साप्ताहिक विजेताको घोषणा गरेका छन् । प्रत्येक हप्ताको शुक्रबारदेखि बिहीबारसम्म वार्षिक रिचार्ज गर्ने ग्राहकलाई आउने शुक्रबारको लक्की ड्र मा समावेश गरिनेछ ।

फण्ड ट्रान्सफरबाटबाट वार्षिक रिचार्ज गर्ने ग्राहकलाई मात्र साप्ताहिक गोलाप्रथामा समावेश गरिने र समावेश भएका ग्राहकहरुको डिश होम सेट–टप बक्सको क्यास आइडीकोको आधारमा विजेताको नाम घोषणा गरिने छ । विजेताको घोषणा डिजिटल प्रणालीबाट गरिने सापकोटाले बताए ।

नेपालभरि रहेका जुन सुकै डिशहोमका डिलरहरुमार्फत ग्राहकहरुले फण्ड ट्रान्सफरबाट वार्षिक रिचार्ज गरी यस योजनामा सहभागिता जनाउन सक्ने भन्दै बिक्री प्रमुख सापकोटाले यो डिसहोमका ग्राहकहरुका लागि महत्वपूर्ण अवसर भएको पनि बताए ।

Advertisement

Advertisement

Advertisement