राष्ट्रिय बीमा संस्थानमा कविको चमत्कारः नाफा ३३० प्रतिशतले बढ्यो

Advertisement

काठमाडौं । राष्ट्रिय बीमा संस्थानको नाफा ३३०.४८ प्रतिशतले वृद्धि भएको छ । संस्थानले चालु आर्थिक वर्षको पुस मसान्त अवधीमा आफ्नो नाफा ३३०.४८ प्रतिशतले वृद्धि गरेर ३ करोड ५३ लाख रुपैयाँ पुर्याएको हो । संस्थानले २०७५ पुस मसान्त अवधीमा जम्मा ८२ लाख रुपैयाँ मात्रै नाफा आर्जन गरेको थियो ।

संस्थानले यो अवधीमा ५ अर्ब ६९ करोड रुपैयाँ प्रिमियम संकलन गरेको छ । १८ करोड चुक्ता पुँजी रहेको संस्थानको जगेडा कोषमा २६ करोड रुपैयाँ रहेको छ । संस्थानको जीवन बीमा कोषमा भने २५ अर्ब ९६ करोड रुपैयाँ जम्मा भैसकेको छ ।

कवि प्रसाद पाठकले प्रशासकको जिम्मेवारी सम्हालेपछि संस्थानको व्यापार विस्तारमा व्यापकता आईरहेको छ । उनले अभिकर्ताको संख्या बढाउनेदेखि तालिम दिने र शाखा विस्तारसम्मका काममा व्यापकता दिईरहेका छन् । त्यस्तै, नयाँ बीमा पोलिसी जारी गर्नेदेखि लिएर नयाँ प्रबिधि भित्र्याउने काम समेत गरिरहेका छन् ।

पाठकले कर्मचारी सञ्चय कोषबाट राष्ट्र सेवक कर्मचारीहरुको बीमा कार्यक्रम समेत हात पार्न सफल भएका थिए ।

Advertisement

Advertisement

Advertisement