सगरमाथा इन्स्योरेन्सको नाफा १० करोड, अरु सूचक कस्ता ?

Advertisement

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीको नाफा १० करोड ३९ लाख पुगेको छ । कम्पनीले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा आफ्नो एक करोड ९१ लख अर्थात २२.५२ प्रतिशतले वृद्धि भएको हो ।

कम्पनीले ६ महिनामा एक अर्ब २३ करोड रुपैयाँ प्रिमियम संकलन गरेको छ । ८६ हजार ५ सय ८३ वटा बीमालेख जारी गरेको कम्पनीले ३ हजार ४ सय ४८ वटा दावी वापत ५७ करोड ७ लाख २२ हजार रुपैयाँ भुक्तानी गरेको छ ।

एक अर्ब चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा २८ करोड रुपैयाँ छ भने बीमा कोषमा ६२ करोड रुपैयाँ रहेको छ । त्यस्तै महाविपत्ति कोषमा भने १० करोड रुपैयाँ रहेको छ ।
कम्पनीको प्रति सेयर आम्दानी २०.७६ रुपैयाँ रहँदा प्रति सेयर नेटवर्थ भने २००.६४ रुपैयाँ रहेको छ ।

Advertisement

Advertisement

Advertisement