काठमाडौं । हिमालयन बैंकको अध्यक्षमा कर्मचारी सञ्चय कोषका प्रशासक तुलसी गौतम चयन भएका छन् । बुधवार बसेको बैंक सञ्चालक समिति बैठकले गौतमलाई अध्यक्ष चयन गरेको हो ।
निजामती प्रशासन लामो अनुभव संगालेका उनी डेढ वर्षअघि कोषको प्रशासकमा नियुक्त भएका थिए । बैंकमा कोषको १४ प्रतिशत शेयर रहेकाले हिमालय बैंकको सञ्चालक समितिमा कोषबाट प्रतिनिधित्व हुने गरेको छ ।