म्यानको अध्यक्ष भएकोमा राष्ट्रिय वाणिज्य बैंकका सीईओलाई कर्मचारीले दिए बधाई

Advertisement

काठमाडौँ । नेपाल व्यवस्थापन संघ(म्यान) को अध्यक्ष पदमा चयन भएको र र म्यानेजर अफ दी इयर २०१९ अवार्ड प्राप्त गरेकोमा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ) किरणकुमार श्रेष्ठलाई विभागीय प्रमुखहरु तथा उच्च व्यवस्थापनबाट बधाई तथा शुभकामना व्यक्त गरिएको छ ।

साथै म्यानमा राष्ट्रिय वाणिज्य बैंकको तर्फबाट संस्थागततर्फ कार्यकारीणी समितिमा नायब प्रमुख कार्यकारी अधिकृत कबिराज अधिकारी निर्वाचित भएकोमा उनलाई समेत बधाई ज्ञापन गरिएको हो । सो अवसरमा बैंकका सीईओ एवम् नेपाल व्यवस्थापन संघ(म्यान) को अध्यक्ष किरणकुमार श्रेष्ठले म्यानेजर अफ द इयर अवार्ड पाउनु बैंक भित्रका सम्पूर्ण कर्मचारीहरुको सामुहिक प्रयासको उपज हो भन्दै बैंकले गरेको प्रगतिको मूल्याङ्कन हुन थालेको बताए ।

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कबिराज अधिकारीले म्यानको कार्यकारिणी समितिमा भएको विजयी सम्पूर्ण राष्ट्रिय वाणिज्य बैंक परिवारको भएको बताए । त्यसैगरी उपकार्यकारी अधिकृत देवेन्द्ररमण खनालले पुरस्कार पाउनु बैंकको गौरबको विषय भएको बताए ।
विभागीय प्रमुख विनयरमण पौडेलले राष्ट्रिय वाणिज्य बैंकको प्रगति नोटिस हुन थालेको बताए ।

कार्यक्रम बैंकका ब्रान्च अपरेशन विभागका विभागीय प्रमुख सरोज बस्नेतले संचालन गरेका थिए । बैंकका उपकार्यकारी अधिकृतहरु महेन्द्रप्रसाद अवस्थी, सरस्वती अधिकारी, देवेशप्रसाद लोहनी, विभागीय प्रमुखहरु, कम्पनी सचिव लगायतका कर्मचारीहरुको कार्यक्रममा उपस्थिति रहेको थियो ।

Advertisement

Advertisement

Advertisement