कामना सेवामा ‘स्वर्णिम सुरक्षित प्लस बचत खाता’ खोल्दा ७ लाखको दुर्घटना बीमा सुबिधा

Advertisement

काठमाडौँ । कामना सेवा विकास बैंकले ग्राहकहरुको सुविधा र हितलाई ध्यानमा राख्दै बीमा सुविधा सहितको स्वर्णिम सुरक्षित प्लस बचत खाता सञ्चालनमा ल्याएको छ ।

यस प्रकारको खाता खोल्ने ग्राहकले एभरेष्ट इन्स्योरेन्सको सहकार्यमा रु ७ लाख सम्मको दुर्घटना बीमा र रु १ लाख सम्मको औषधीउपचार बीमा सुविधा समेत प्रदान गर्ने हुँदा यसबाट ग्राहकले ठूलो लाभ लिन सक्ने र व्यवसाय बृद्धिमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा ११८ वटा शाखा तथा ६२ वटा एटीएम मार्फत ग्राहकहरुलाई आफनो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ ।

Advertisement

Advertisement

Advertisement