एनआईसी एशियाका सञ्चालक संघईलाई सीआईपी सम्मान

Advertisement

काठमाडौँ । एनआईसी एशिया बैंकका सञ्चालक रामचन्द्र संघईलाई मुलुकको अर्थतन्त्रमा उल्लेख्य योगदान पुर्याएवापत नेपाल सरकारको ‘महत्वपूर्ण व्यावसायिक व्यक्ति’(सीआईपी) सम्मानबाट विभूषित गरिएको छ ।

नेपाल सरकारको तर्फबाट उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयले गत मंगलवार आयोजना गरेको एक विशेष समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले संघईलाई महत्वपूर्ण व्यावसायिक व्यक्तिको परिचयपत्र, सीआईपी लोगो तथा प्रमाणपत्रले विभूषित गरी सम्मान प्रदान गरेका हुन् ।

उनी अध्यक्ष रहेको श्री त्रिवेणी स्पिनिङ मिल्स प्रालि(बारा) नेपालबाट तेस्रो मुलुकमा सबै भन्दा बढी रकमको वस्तु (धागो) निर्यात गर्ने अग्रणी उद्योगको रुपमा रहेकोले उक्त सम्मानबाट नेपाल सरकारले विभुषित गरेको हो ।

सञ्चालक संघई सम्मानित भएकामा बैंकले शुभकामना व्यक्त गरेको छ ।

Advertisement

Advertisement

Advertisement