नेप्से ओरालो, तर कारोबार भने झण्डै पौने दुई अर्ब

काठमाडौं । साताको अन्तिम दिन बिहीबार सेयर बजार परिसुचक नेप्सेमा सामान्य गिरावट भए पनि कारोबार भने उच्च रह्यो । आज एक अर्ब ७१ करोड रुपियाँको सेयर किनबेच भयो । आज नेप्से तीन प्रतिशतभन्दा बढिले घटेर एक हजार ३४२ दशमलव ९० कायम भएको छ ।

हिमालयन डिष्ट्रिलरीको आज एकै दिन झण्डै १२ करोड रुपियाँको सेयर खरिद बिक्री भएको छ । त्यस्तै शिवम सिमेन्टको नौ करोड ५९ लाख रुपियाँको सेयर किनबेच भयो । आजै हिमालयन डिष्ट्रिलरीको सेयर एकै दिन १२२ रुपियाँले बढेको छ ।

आज धेरै नाफा गर्नेमा व्यापार समूहका लगानीकर्ता अगाडि छन् । यो समूहको सुचक तीन प्रतिशतभन्दा बढिले बढेको छ भने बाणिज्य बैंक समूहको सुचक शुन्य दशमलव ८७ प्रतिशतले घटेको छ । लघुवित्त र जीवन बीमा समूहका सुचक एक प्रतिशतभन्दा बढिले बढेका छन् ।