एलआईसी नेपालले मकवानपुरको पालुङमा खोल्यो ७५औँ शाखा

Advertisement

काठमाडौँ । लाइफ इस्योरेन्स कर्पोरेशन (एलआईसी नेपाल) लि. ले मकवानपुर जिल्लाको पालुङमा ७५औं शाखा कार्यालय स्थापना गरेको छ ।

कम्पनीको प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद दासले पालुङ शाखाको उद्घाटन गर्दै बीमा समितिबाट शाखा स्थापनाको स्वीकृति प्राप्त भैसकेका अन्य शाखा कार्यालयहरु पनि चाँडै शुरु गरिने बताए ।

कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत टी. बर्णवालले पालुङ क्षेत्रका स्थानीय समुदायलाई एलआईसी नेपालबाट जीवन बीमा सेवा लिई लाभान्वित हुन आग्रह गरे ।

Advertisement

Advertisement

Advertisement