सनराइज बैंकको सहकार्य क्यूएफएक्स सिनेमासँग, ल्यायो यस्तो योजना

Advertisement

काठमाडौँ । डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ आाफ्ना ग्राहकहरुको लागि सनराइज बैंकले क्यूएफएक्स सिनेमासँग सहकार्य गरी सनराइज पककर्न मनिया नामक योजना ल्याएको छ ।

शुक्रबारदेखि तीन महिनासम्म संचालन गरिने यस योजना अन्र्र्तगत सनराइज बैंकका ग्राहकले क्युएफएक्स सिनेकाका सम्पूर्ण सिनेमा हलहरुमा कुनैपनि चलचित्रको टिकट खरिदमा प्रति टिकट एउटा पपकर्न निःशुल्क प्राप्त गर्न सक्नेछन् ।

यस योजनामा समावेश हुनको लागि ग्राहक महानुभावहरुले टिकट खरिद बापतको रकम सनराइज बैंकका डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी क्यूएफएक्स सिनेमा स्थित पीओएस टर्मिनल मार्फत भुक्तानी गर्नु पर्नेछ । प्रति कारोबार अधिकतम पाँचवटा सम्म पपकर्न निःशुल्क प्राप्त गर्न सकिने बैंकले जनाएको छ । सन्राइज बैंकले केहि वर्ष अगाडि पनि क्युएफएक्स सिनेमाको २ वटा टिकटको खरिदमा एउटा टिकट सित्तैमा दिने लोकप्रिय योजना ल्याएको थियो ।

सोमबार आयोजित एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र टिम क्वेस्ट प्रालिको प्रमुख कार्यकारी अधिकृत रोशन अडिगाले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।

Advertisement

Advertisement

Advertisement