एभरेष्ट बैंकद्वारा निर्मित अपाङ्गमैत्री सार्वजनिक शौचालय हस्तान्तरण

Advertisement

काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडले नयाँ बानेश्वर स्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द पश्चिम तर्फ छक्कुबक्कु मन्दिर नजिकै अपाङ्गमैत्री सार्वजनिक शौचालय निर्माण सम्पन्न गरी काठमाडौं महानगरपालिका वडा नं. १० लाई हस्तान्तरण गरेको छ ।

उक्त शौचालयको साथसाथै सो स्थानमा अवस्थित पार्क तथा चौतारी संरक्षणमा समेत बैंकले सहयोग गरेको छ । उक्त कार्यबाट स्थानीय साथसाथै आम नागरिकलाई सुविधा पुग्ने विश्वास बैंकले लिएको छ । बैंकले यसैवर्ष विभिन्न स्थानमा गरी १४ वटा शौचालय निर्माण गरिसकेको जनाएको छ ।

उक्त सार्वजनिक शौचालय, बैंकले आफ्ना अधिकारीहरु, काठमाडौं महानगरपालिका अधिकारीहरु तथा कामपा वडा नं. १० का सदस्यहरु तथा सर्वसाधरणहरुको उपस्थितमा बैँकको सीएसआर कमिटीका सदस्य डा. गणेश गुरुङ, बैंकको सहायक महाप्रबन्धक आशुतोष शर्माले संयुक्त रुपमा, काठमाडौं महानगरपालिका वडा नं.१० का अध्यक्ष रामकुमार केसीलाई हस्तान्तरण गरेका हुन् ।

Advertisement

Advertisement

Advertisement