सहायक वन अधिकृत २ लाख घुस रकम सहित पक्राउ

Advertisement

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय, नवलपरासी (सुस्तापूर्व) मा कार्यरत सहायक वन अधिकृत र सोही कार्यालयका कार्यालय सहयोगीलाई आज घुस लिएको आरोपमा नियन्त्रणमा लिएको छ ।

आयोगको बुटवलबाट खटिएको टोलीले टेण्डर काठ उठाएबापत सेवाग्राहीसँग रु दुई लाख घुस लिएको आरोपमा सहायक वन अधिकृत कृष्णबहादुर देवकोटा र कार्यालय सहयोगी प्रमोदकुमार तेलीलाई नियन्त्रणमा लिएको हो ।

उनीहरुलाई घुस रकमसहित कावासोती नगरपालिका–८ स्थित कार्यालय परिसरबाटै नियन्त्रणमा लिइएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जनाएका छन् ।

Advertisement

Advertisement

Advertisement