भृकुटीमण्डपमा फेरि शुरु भयो जुत्ता सेल मेला, ५० प्रतिशतसम्म छुट (फोटो फिचर)

Advertisement

काठमाडौँ । भृकुटीमण्डपमा विहीबारदेखि जुत्ता सेल मेला शुरु भएको छ । फागुन १ गतेदेखि २१ गतेसम्म उक्त सेल मेला जारी रहने मेला आयोजकले बताएका छन् ।

मेलामा १ सय देखि ५ सय रुपियाँ सम्मका चप्पल र ५ सयदेखि ८ हजार रुपियाँ सम्मका जुत्ता बिक्रीका लागि राखिएका छन् । शिखर सुज, रन सुज, बीएफ डीयर हिल, लेण्डवाक र सुल्याण्ड ब्राण्डका जुत्ता चप्पलहरु यस मेलामा राखिएका छन् ।

क्यान इन्फोटेक मेलामा आउने अवलोकनकर्ताहरुको लागि लक्षित गर्दै जुत्ता सेल मेला आयोजना गरिएको लेण्डवाकका प्रोप्राइटर शौरभ श्रेष्ठले जनाएका छन् ।

नेपाली उद्योगबाट उत्पादित आकर्षक र ग्राहकहरुका लागि किफायती जुत्ताचप्पल मेलामा राखिएको र भारी छुटमा पाइने भएकाले मौकाको फाइदा उठाउन ग्राहकहरुका लागि आयोजकले अनुरोध गरेका छन् । मेलामा १ लाख भन्दा बढीले अवलोकन गरी जुत्ता चप्पल खरिद गर्ने अपेक्षा राखेको रन सुजका प्रोप्राइटर रुद्रप्रसाद न्यौपानेले बताए ।

समयमा लाग्ने यस्तामेला भन्दा यस पटको मेला फरक रहेको छ । हजारौं मोडलका जुत्ता चप्पल पाइने उक्त मेलामा बच्चा, युवक, वृद्ध सबैलाई मिल्ने खालका जुत्ता चप्पल पाइन्छ । जाडो, गर्मी दुबै मौसमलाई मिल्ने खालका जुत्ता चप्पल पाइन्छन् ।











Advertisement

Advertisement

Advertisement