डिशहोमको ‘डिलर दाईको डिस्काउन्ट’योजनाको पहिलो साप्ताहिक विजेताहरु घोषणा

Advertisement

काठमाडौं । डिशहोमको ‘डिलर दाईको डिस्काउन्ट’ योजनाअन्तर्गत माघ २७ गतेदेखि फागुन १ गतेसम्म फण्ड ट्रान्सफरबाट बार्षिक रिचार्ज गर्ने ग्राहकहरुमध्येबाट दुई जना भाग्यशाली विजेताले एक एक लाख रुपियाँ जित्न सफल भएका छन् ।

शुक्रबार डिसहोमको १०० नम्बरको च्यानलमार्फत प्रत्यक्ष प्रसारण गरी योजनामा सहभागीमध्ये दुई जना भाग्यशाली बिजेता लक्की ड्र (गोलाप्रथा)बाट छनौट गरिएको हो । पहिलो लक्की ड्रमा डिशहोमको सेटअप बक्सको क्यास आईडी नं. ०२५१९१०७४८४ (कावाशोती, नवलपरासीका सुदिप मरासिनी) र दोस्रो लक्की ड्रमा क्यास आईडी नं. ०२५१११०६५५० (पोखरा कास्कीकी बिनिता गुरुङ्ग) विजेता बन्न सफल भएका हुन् ।

दुवै बिजेतालाई एक लाख रुपियाँका दरले नगद उपहार प्रदान गरिने र यस किसिमले कुल २२ हप्तासम्म कार्यक्रम सञ्चालन गरिने कम्पनश्ीले जनाएको छ । आजदेखि फागुन ८ गते बिहीबारसम्म फण्ड ट्रान्सफरबाट रिचार्ज गर्नेमध्येबाट अर्को शुक्रबार पुनः लक्की ड्र गरी विजेता छनौट गरिने जनाइएको छ । डिलरहरुमार्फत बार्षिकरुपमा रिचार्ज गर्ने ग्राहकहरुलाई प्रोत्साहन गर्न यो योजना सञ्चालन गरिएको हो ।

Advertisement

Advertisement

Advertisement