केपी ओलीले भने-करको दर होइन दायरा मात्रै बढाएको हो

Advertisement

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले करको दर नबढाएको दावी गरेका छन् ।  सरकार गठन भएको २ वर्ष पुगेको अवसरमा संसदलाई सम्बोधन गर्दै उनले करको दर नभएर दायरा मात्रै बढाएको दावी गरेका हुन् ।

‘एउटा भ्रमको खण्डन गर्ने अनुमति चाहन्छु– यस सरकारले करको दर होइन, दायरा बढाउने सोंच अघि बढाइएको छ । २ वर्षमा ३० प्रतिशतले व्यावसायिक कर–प्रमाणपत्र लिनेको संख्या बढेको छ ।’, प्रधानमन्त्री ओलीले भने ।

उनले यो अवधीमा बैंकहरुका शाखा सञ्जाल ९ हजार ३९४ पुगेको र बैंकिङ सेवाको विस्तार २ वर्षको अवधिमा ४१ प्रतिशतभन्दा माथि पुगेको पनि बताए । उनले ७ सय ५३ स्थानीय तहमध्ये ८ स्थानीय तहमा मात्रै बैंकका शाखा पुग्न बाँकी रहेको पनि बताए ।

यसबीचमा खोलौं बैक खाता अभियान मार्फत डेढ लाख नयाँ खाता थपिएको पनि बताए ।

Advertisement

Advertisement

Advertisement