एलआइसी नेपालको नाफा ७ करोड ६८ लाख, बीमित पुगे साढे ७ लाख

Advertisement

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पाेरेशन नेपाल(एलआइसी)को नाफा ७ करोड ६८ लाख रुपैयाँ पुगेको छ । कम्पनीले २०७६ पुस मसान्त अवधीमा सो मात्रामा मुनाफा आर्जन गरेको हो ।

२०७५ पुस मसान्त अवधीमा एलआइसीको नाफा ७ करोड १७ लाख रुपैयाँ मात्रै थियो ।
कम्पनीले यो अवधीमा ७ अर्ब ६५ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । २ अर्ब चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा ४७ करोड रुपैयाँ छ भने जीवन बीमा कोषमा ६१ अर्ब रुपैयाँ छ ।

कम्पनीको महाविपत्ति कोषमा भने २३ करोड रुपैयाँ रहेको छ । कम्पनीले बीमित संख्या ७ लाख ५१ हजार पुर्याएको छ । एलआइसीले ६ महिनामा एक अर्ब ८४ करोड रुपैयाँ बराबरको ८ हजार ५ सय ७८ वटा दावी भुक्तानी फर्स्योट गरेको छ ।

Advertisement

Advertisement

Advertisement