विद्युत वितरण प्रणाली सुधार्न युरोपेली लगानी बैंकले १२ अर्ब ४१ करोड ऋण दिने

Advertisement

काठमाडौं । विद्युत वितरण प्रणाली स्तरोन्नती तथा विस्तार आयोजना कार्यान्वयनका लागि युरोपेली लगानी बैंकले १२ अर्ब ४१ करोड रुपियाँ (सय मिलियन युरो) ऋण दिने भएको छ ।

बैंक र अर्थमन्त्रालयबीच सो सम्वन्धी सम्झौता भएको छ । सम्झौताअनुसार प्रदेश ५, कर्णाली र सुदूरपश्चिमका जनताको विद्युतमा पहुँच बढाउने, विद्युत आपूर्तिको गुणस्तर बढाउने, उर्जा व्यापारलाई सहजीकरण गर्ने उद्देश्य राखिएको छ । यो आयोजना सन् २०२३ मा सम्पन्न हुनेछ ।

नेपाल विद्युत प्राधिकरणले कार्यान्वयन गर्ने यो आयोजना अन्तर्गत ३३–११ किलो भोल्टका सबस्टेशनहरु तथा ३३ किलो भोल्टका आपूर्ति लाइनहरु निर्माण गर्ने, ११ किलो भोल्टका आपूर्ति लाइन, वितरण ट्रान्सफर्मर र न्यून भोल्टेजका आपूर्ति लाइनहरु निर्माण गर्ने जस्ता कार्यक्रम समावेश छन् ।

यसमा अपुग रकममध्ये ११२ दशमलव ३ मिलियन अमेरिकी डलर बराबरको ऋण एसियाली विकास बैंकबाट पनि सहलगानीको रुपमा सम्मिश्रण गर्न कुराकानी भइसकेको अर्थले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement