सांग्रिला डेभलपमेन्ट बैंकको सहयोगमा बास्केटबल प्रतियोगिता सम्पन्न

Advertisement

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको सहयोग र क्वेस्ट इन्टरनेशनल कलेजको आयोजनामा भएको नारायणप्रसाद स्मृती बास्केटबल प्रतियोगिता २०७६ शुक्रबार सम्पन्न भएको छ ।

खेलकुदको विकासमा सहयोग गर्दै आइरहेको सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको सहयोगमा भएको बास्केटलबल प्रतियोगितामा काठमाडौंका विभिन्न कलेजहरूको सहभागिता रहेको थियो ।

कलेजको प्रांगणमा सम्पन्न बास्केटबल प्रतियोगिताको महिलातर्फ प्रथम साइपल कलेज, दोस्रोमा रिलायन्स इन्टरनेशनल एकेडेमी भएका थिए । त्यसैगरी पुरुषतर्फ प्रथममा सीसीआरसी कलेज र दोस्रोमा ओमेगा कलेज भएका थिए । बास्केटबल प्रतियोगिताका बिजेताहरुलाई सांग्रिला डेभलपमेन्ट बैंकका संचालक लिसा शेरचनले पुरस्कार वितरण गरेकी हुन् ।

बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवाको अतिरिक्त बेला बेलामा आफ्नो देशभर रहेका ९१ शाखा कार्यालयहरुबाट आफ्नो आवश्यकता अनुसार विभिन्न सामाजिक संस्थाहरुलाई सहयोग गर्दै आईरहेको जनाएको छ ।

Advertisement

Advertisement

Advertisement