सिभिल बैंकको १०९औं शाखा सुनवलमा

Advertisement

काठमाडौँ । सिभिल बैंकले आफ्नो शाखा सञ्जालमा विस्तार गर्ने क्रममा आइतबार नवलपरासी जिल्लाको सुनवलमा आफ्नो शाखा सञ्चालनमा ल्याएको छ । सिभिल बैंकका संचालक समितिका सदस्य भिमानन्द ढुंगाना तथा सुनवल नगरपालिकाका मेयर भिमबहादुर थापाले संयुक्त रुपमासुनवल शाखाको उद्घाटन गरेका हुन् ।

सोही अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कैलाशेश्वर शिवालय मन्दिरमा संचालित श्री जेष्ठ नागरिक दिवा सेवा कार्यक्रमको सहयोगार्थ एक थान फ्रिज प्रदान गरीयो । सो फ्रिज सिभिल बैंकका संचालक समितिका सदस्य ढुंगानाद्वारा श्री कैलाशेश्वर शिवालय तथा १०८ शिवलिङ्ग संरक्षण संस्थाका अध्यक्ष गोपालप्रसाद आचार्यलाई प्रदान गरियो ।

सुनवल शाखा उद्घाटन गर्दै शुभकामना मन्तव्य दिने क्रममा उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा सुनवल नगरपालिकाका मेयर थापाले सुनवलमा शाखा स्थापना गरेकोमा सिभिल बैंकलाई धन्यवाद दिए ।

उक्त अवसरमा सिभिल बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुनिलकुमार पोखरेलले सिभिल बैंक सुनवल शाखाले यस क्षेत्रका सम्पूर्ण वचतकर्ता उद्दमी, व्यवसायी तथा स्थानियहरुलाई उच्चस्तरीय बैकिंग सेवा तथा सुविधा उपलव्ध गराउने प्रतिवद्धता जनाउँदै अर्थतन्त्र उकास्नको लागी ब्यापार ब्यबसाय, पर्यटन जस्ता क्षेत्रमा लगानी बढाउने बताए ।

उक्त समारोहका सभापति तथा सिभिल बैंकका संचालक समितिका सदस्य ढुंगानाले बैंक भनेको आर्थिक समृद्धिको सहयात्री भएको र बैंकको सहभागिता बिना आर्थिक समृद्धि सम्भब नहुने बताए ।

कार्यक्रममा सुनवल उद्योग वाणीज्य संघका अध्यक्ष रमेश कर्माचार्य, सिभिल बैंकका प्रदेश ५ का प्रमुख किरण धमला लगायत सो क्षेत्रका राजनीतिक ब्यक्तित्वहरु, उद्योगी, व्यवसायी, गन्यमान्य ब्यक्ति तथा सर्वसाधरणको उपस्थिति रहेको थियो ।

सिभिल बैंकको हालसम्म ४,१५,००० भन्दा बढी ग्राहकहरु रहेको रु. ५२ अर्व भन्दा बढी निक्षेप परिचालन गरी करीव रु. ५० अर्व कर्जा लगानी गरेको र यस बैंकको प्रदेश नं ५ मा यस शाखा समेत गरी १४ शाखा तथा नेपालभर कुल शाखा संख्या १०९ पुगेकोे पनि बैंकले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement