वितरक संघमा १३ सदस्यीय नयाँ कार्यसमिति, अध्यक्षमा राजेन्द्र सिंखडा

Advertisement

काठमाडौं । नेपाल वितरक संघमा नयाँ नेतृत्वमा चयन भएको छ । संघको शनिबार सम्पन्न १९ औं बार्षिक साधारण सभाले राजेन्द्र सिंखडाको नेतृत्वमा आगामी दुई वर्षका लागि १३ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो ।

कार्यसमितिको उपाध्यक्षद्वय लवकुमार श्रेष्ठ र रामहरि घिमिरे छन् । महासचिवमा यमनाथ पौडेल, सहसचिवमा नवराज दाहाल, कोषध्यक्षमा राजुप्रसाद पौडेल, सहकोषाध्यक्षमा राजेश डंगोल छन् । यस्तै कार्यसमिति सदस्यमा लोकेश्वरमान जोशी, अशोक कुमार कँडेल, गणेशप्रसाद तिमिल्सिना, प्रेमहरि मैनाली, दिनेशमणि रिसाल र सुरेश ढुंगाना छन् ।

संघको नवनियुक्त अध्यक्ष सिंखडाले वितरक संघको दुइ दशकदेखिको संस्थागत एकतालाई अझै बलियो बनाउने र संस्थागत शुसासनका लागि सधै प्रतिवद्ध हुने बताए । वितरक व्यवसायीको प्रतिनिधित्व गर्दै आफूले व्यवासायिक समस्या समाधान गर्न हरतरहले लागि पर्ने पनि बताए ।

साधारण सभालाई सम्बोधन गर्दै नेपाल उद्योग बाणिज्य महासंघका वागमति प्रदेशका अध्यक्ष दिनेश श्रेष्ठले व्यवसायीलाई सहजीकरण गर्न र साना व्यवसायीको योगदानलाई कदर गर्न यो संस्थाले प्रभावकारी भूमिका निर्वाह गरिरहेको छ । उनका अनुसार व्यवासायी र मजदुर दुबै खुशी भएर काम गर्ने वातावरण बनाउँदै जानुपर्ने अहिलेका आवश्यकता भएको पनि बताए ।

नेपाल वितरक महासंघका अध्यक्ष सुरेश अधिकारीले समग्र वितरक व्यवसायी एकतावद्ध भएर जानुपर्ने र पारदर्शी काम गर्न सबैलाई आग्रह गरे । कार्यक्रममा वितरक संघका निवर्तमान अध्यक्ष दुर्गाराज श्रेष्ठले कुनै पनि व्यवासायीले कर कहरले होइन रहले तिर्ने वातावरण बनाएर जानुपर्ने अवस्था रहेको पनि बताए ।

Advertisement

Advertisement

Advertisement