अल्फा बिटा कम्प्लेक्समा बिहीबार एशियन एजुकेशन फेयर हुँदै

Advertisement

काठमाडौँ । अल्फा बिटाले नयाँ बानेश्वर आफ्नै भवन अल्फा बिटा कम्प्लेक्समा एशियन एजुकेसन फेयर आयोजना गर्ने भएको छ । फागुन ८ गते बिहीबार बिहान १० बजे देखि बेलुकी ५ बजेसम्म मेला सञ्चालन हुने अल्फा बिटाले जनाएको छ ।

भारत, जापान, मलेशिया, भियतनाम लगायतका एशियन राष्द्रहरुमा अध्ययन गर्न नेपाली विद्यार्थीहरुको आकर्षण बढिरहेको बेला यी देशहरुका विश्वविद्यालय तथा कलेजहरुका आधिकारिक प्रतिनिधिसहित एकै ठाउँमा विद्यार्थी र अभिभाकलाई सूचना दिने उदेश्यले मेला आयोजना गर्न लागेको अल्फा बिटाका प्रेसिडेन्ट तथा सिइओ द्विराज शर्माले जानकारी दिए ।

मेलामा २० वटा उत्कृष्ट विश्वविद्यालय तथा कलेजहरुको सहभागिता हुनुका साथै विद्यार्थीहरुले शैक्षिक प्रणाली, विश्वविद्यालय ,पढाई हुने कोर्ष लगाएतका विषयमा सहि जानकारी पाउनेछन् । मेलामा एक हजार पाँच सय देखि दुई हजार विद्यार्थी सहभागि हुने अपेक्षा गरिएको छ ।

अल्फा बिटाले अष्ट्रेलिया सहित विश्वका १४ राष्ट्रका ३०० भन्दा बढी उत्कृष्ट विश्वविद्यालय तथा कलेजका लागि परामर्श सेवा उपलब्ध गराउँदै आएको छ ।

अल्फा बिटाले निरन्तर रुपमा विद्यार्थीको गुणस्तरीय शिक्षाका लागि योगदान गरे बापत बिभिन्न पुरस्कार समेत प्राप्त गर्दै आएको छ । सन् २०१७ , २०१८ तथा २०१९ मा आइडिपि आइइएलटिएसको नम्बर १ बिजनेस पार्टनर प्राप्त गर्नुका साथै पियरसन बाट सर्टिफिकेठ अफ अप्रिशियशनद्वारा पनि सम्मानित भैसकेको छ ।

Advertisement

Advertisement

Advertisement