बलात्कार गरेको मुद्दामा महराले पाए अदालतबाट सफाइ

Advertisement

काठमाडौँ । निवर्तमान सभामुख कृष्णबहादुर महराले बलात्कार उद्योगको मुद्दामा सफाइ पाएका छन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश अमरराज पौडेलको इजलासले सोमबार उनलाई सफाइ दिएको फैसला सुनाएको हो ।

सं‌सद सचिवालयकी कर्मचारीलाई बलात्‍कार प्रयास गरेको आरोपमा महरामाथि मुद्दा लागेको थियो । यसअघि उनलाई अदालतले मंसिर ६ मा पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।

असोज १२ गते संसद् सचिवालयकी कर्मचारीलाई बलात्कार गरेको आरोप लागेपछि उनले असोज १४ गते सभामुखबाट राजीनामा दिएका थिए भने असोज १९ गते पक्राउ परेका थिए ।

अदालतका स्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठका अनुसार बलात्कारको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वसभामुख महरा विरुद्धको बहस नसकिएपछि आइतबार हेर्दाहेर्दैमा राखिएको र सोमबार फैसला आएको हो ।

महराविरुद्ध बलात्कार प्रयासमा पाँच वर्ष र विशिष्ट व्यक्ति भएकाले थप साढे दुई वर्ष गरी साढे सात वर्षसम्मको कैद सजाय माग गरिएको थियो । पूर्वसभामुख महरालाई अहिले पुर्पक्षका लागि थुनामा डिल्लीबजार कारागारमा राखिएको छ ।

Advertisement

Advertisement

Advertisement