नेप्से ३४ अंकको वृद्धिसँगै १४०० नजिक, कारोबारमा दुई अर्ब ६८ करोडको रेकर्ड

Advertisement

काठमाडौं । सेयर बजारमा सोमबार उच्च वृद्धि हुन पुगेको छ । बजार परिसुचक नेप्सेमा ३४ अंकको वृद्धिसँगै एक हजार ३९८ अंक पार गरेको छ भने कारोबारमा दुई अर्ब ६४ करोड रुपियाँको रेकर्ड कायम भएको छ । यति धेरै कारोबार संभवत पहिलो पटक भएको हो ।

आज विशेषगरी बाणिज्य बैंक, व्यापार र जलविद्युत समूहले नेप्सेलाई उचालेको हो । आइतबार १९ अंकले बढेको नेप्से आज झण्डै दोब्बरले बढेको छ । सेयर बजारमा सुधार आउन थालेसँगै बजारमा किनबेच पनि ह्वात्तै बढेर गएको छ ।

कुल १७५ वटा कम्पनीको सेयर किनबेच भएकोमा घाटा खाने कम्पनीको संख्या ३६ वटा रहेका छन् । सेयर बजारमा सबैभन्दा ठूलो हिस्सा ओगटेको बाणिज्य बैंक समूहको सुचक तीन दशमलव ५८ प्रतिशतले बढेको छ भने व्यापार समूहको सुचक चार दशमलव ९८ प्रतिशतले बढेको छ । त्यस्तै, जलविद्युत समूहको सुचक तीन प्रतिशतभन्दा बढिले बढेको छ । निर्जीवन बीमा समूहको सुचकको वृद्धि पनि तीन प्रतिशत नजिक छ ।

आज धेरै कारोबार गर्नेमा शिवम सिमेन्ट अगाडि रहेको छ । उसको १२ करोड ९४ लाख रुपियाँको कारोबार छ भने दोस्रोमा शिखर इन्स्योरेन्सको ११ करोड भन्दा बढि कारोबार छ । आज पनि राष्ट्रिय बीमा कम्पनीको साधारण र संस्थापक सेयर उच्च रकमले बढेका छन् । उक्त कम्पनीको साधारण सेयर ९८९ रुपियाँले बढेको छ भने संस्थापक सेयर ८२८ रुपियाँले बढेको छ । प्रतिशतका हिसावमा बढि नाफा गर्नेमा पञ्चकन्या माई हाइड्रोपावरका लगानीकर्ता अगाडि छन् । त्यस्तै, घाटा धेरै खानेमा नेपाल हाइड्रो डेभलपर्सका लगानीकर्ता अगाडि छन् ।

Advertisement

Advertisement

Advertisement