दुई वाणिज्य बैंक र १ बीमा कम्पनीको बोनस शेयर, डिबेञ्चर र हकप्रद शेयर नेप्सेमा सूचीकृत

Advertisement

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)मा २ वाणिज्य बैंक र १ बीमा कम्पनीको बोनस शेयर, ऋणपत्र(डिबेञ्चर) र हकप्रद शेयर सूचीकृत भएको छ ।

मंगलबार नेप्सेमा नेपाल क्रेडिट एण्ड कमर्श बैंक(एनसीसी बैंक) को १ करोड २२ लाख ७६१ कित्ता बोनस शेयर सूचीकृत भएको हो । त्यसैगरी, लक्ष्मी बैंकको २० लाख इकाई डिबेञ्चर पनि आजै स्वीकृत भएको छ ।

यता, युनाइटेड इन्स्योरेन्स कम्पनीको ७२ लाख ५७ हजार ६ सय कित्ता हकप्रद शेयर सूचीकृत भएको नेप्सेले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement