सुनको मूल्य २ सय बढ्यो, आज प्रतितोला ७६ हजार ७ सय रुपियाँमा कारोबार

Advertisement

काठमाडौँ । छापावाल सुनको मूल्य हालसम्मकै उच्च विन्दूमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार अघिल्लो दिनको तुलनामा छापावाल सुनको मूल्य २ सय रुपियाँले बृद्धी भएको छ ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ७६ हजार ७ सय रुपैयाँ तोकिएको छ । सोमबार छापावाल सुन प्रतितोला ७६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुन प्रतितोला ७६ हजार ४ सय रुपैयाँ तोकिएको छ भने सोमबार ते७६ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य प्रतितोला ८ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ, हिजो चाँदी प्रतितोला सोही मूल्यमै कारोबार भएको महासंघले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement