वाइवाइ ग्लोकल टीन हिरो ईन्डिया २०२० को आवेदन आह्वान, यसरी भर्न सकिन्छ

Advertisement

काठमाडौँ । किशोरकिशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउने कार्यक्रम ‘वाइवाइ ग्लोकल टिन हिरो इण्डिया’को दोस्रो संस्करण सञ्चालन हुने भएको छ ।

ग्लोकल प्रालिले सञ्चालन गर्ने यस मञ्च मार्फत किशोर किशोरीहरुमा भएको उत्साह, रचनात्मक र सुरुवातको चाहनाको पहिचान गरी राष्ट्रको अन्य किशोर किशोरीहरुलाई उद्यमी सोचाइको विकास गर्न उत्प्रेरित गर्ने जनाइएको छ ।

दोस्रो सस्करणको घोषणा गरिए सगै ग्लोकल प्रालि र सीवाईडीए(भारतीय पार्टनर) दुबै पक्षले खुशी ब्यक्त गरेका छन् । ग्लोकल प्रालि र भारतीय राजदुताबासले काठमाडौं स्थित होटल सोल्टी क्रउने प्लाजामा एक कार्यकम्र आयोजना गरेर वाइ वाइ ग्लोकल टीन हिरो ईन्डियाको दोस्रो संकरण सञ्चालने हुने घोषणा गरेका हुन् ।

समाजसेवा, पत्रकारिता, रोबोटिक्स, कम्प्युटर प्रोग्रामिङ, उद्यमशीलता एवम् सामाजिक चेतना, वातावरण संरक्षण, सामाजिक रुपान्तरनका कार्यहरु लगायत अन्य क्षेत्रमा आफ्नो कौशलता दर्शाएका प्रतिभावान किशोर किशोरीहरुले यस कार्यक्रममा सहभागिताका लागि आबेदन भर्न सक्ने छन् ।

२०१९ मा ग्लोकल टीन हिरोबाट बिभिन्न क्षेत्रका भारतीय किशोर किशोरिहरु सम्मनित भएक थिए । ग्लोकल टीन हिरो ईन्डियाको पहिलो बिजेता युवा नवप्रबर्तक, कम्प्युटरमा रुची राख्ने मोनिश्वरन महेशवरन बनेका थिए । ग्लोकल प्रालिका संस्थापक आशिष ठाकुरले नेपालबाट मात्र नभई दक्षिण एसियाली राष्ट्रहरुबाट पनि प्रतिभावान किशोरकिशोरीहरु पहिचान गरी उनीहरुको प्रतिभालाई बिश्वमाझ चिनाउन अग्रसर रहेको बताए ।

पहिलो चरणमा कुल आबेदनहरुलाई अन्तरबार्ता र दस्ताबेज समीक्षाको आधारमा ग्लोकल २०अन्डर२० को घोषणा गरिने छ । त्यसपछि उनीहरुको कामको सुरुवात र प्रभावको आधारमा उत्कृष्ट ६ को छनोट हुनेछ र अन्तिम चरणमा ६ जनाको व्यक्तित्व मापदण्ड, डोमेन ज्ञान र दुरदर्शनको मापनको लागि अन्तर्बाता हुनेछ र २०२० को बिजेता घोषणा गरिने जनाइएको छ ।

ग्लोकल टीन हिरो ईन्डियाको अवेदन जनवरी ७, २०२० का दिन खुल्ला गरिसकिएको छ । www.india.glocalteenhero.com लगइन गरी आवेदन निःशुल्क भर्न सकिन्छ ।

Advertisement

Advertisement

Advertisement