महिन्द्रा एक्सयूभी ३००ले पायो ग्लोबल एनसीएपीको पहिलो ‘सेफर च्वाइस’ अवार्ड

Advertisement

काठमाडौं । महिन्द्रा एक्सयूभी ३०० ले ग्लोबल एनसीएपीको पहिलो ‘सेफर च्वाइस’ अवार्ड प्राप्त गरेको छ । यो अवार्ड भारतमा बिक्री हुने कारहरूमध्ये उच्चतम स्तरको सुरक्षा प्रदर्शन गरेका सवारी साधन निर्माताहरूलाई मात्र प्रदान गरिन्छ ।

महिन्द्रा एक्सयूभी ३०० ले यहि जनवरी महिनामा मात्र वयस्कहरूमा फाइभ स्टार सुरक्षा रेटिङ र बालबालिकाहरूको सुरक्षाका लागि फोर स्टार रेटिङ पाउन सफल भएको थियो, जुन यो अभियानअन्तर्गतको उच्चतम स्कोर हो । अब महिन्द्रा एक्सयूभी ३०० ले ‘सेफर च्वाइस’ अवार्ड प्राप्त गरेको छ ।

ग्लोबल एनसीएपीले सन् २०१८ मा सम्पन्न भएको दिल्ली अटो एक्स्पोका क्रममा ‘सेफर च्वाइस’ अवार्डको स्पष्र्धा सुरु गरेको थियो । ग्लोबल एनसीएपीका अध्यक्ष एवम् प्रमुख कार्यकारी अधिकृत डेभिड वार्डले महिन्द्रा र भारतीय अटो उद्योगका लागि ऐतिहासिक क्षण भएको बताए, जुन मुलुककै लागि सवारी साधन सुरक्षा प्रदर्शनका लागि महत्वपूर्ण विन्दु बनेको छ ।

सन् २०१८ मा हामीले ‘सेफर च्वाइस’ अवार्ड च्यालेन्ज स्थापना गरेपछि एक भारतीय सवारी साधन निर्माताले यस ढंगबाट सुरक्षाका नेतृत्व लिइरहेको देख्दा उच्चतम सन्तुष्टि मिलेको छ-वार्डले भने ।

यो एक्सयूभी ३००, चित्ताकर्षक (हेड-टर्निङ) र चितुवाबाट प्रेरित डिजाइन, ‘फन टू ड्राइभ’ प्रदर्शन, उत्कृष्ट वर्गको सुरक्षा विशेषता, हाइ–टेक विशेषता वर्गमा पहिलो तथा उत्कृष्ट आन्तरिक सजावट/बनावटले यसलाई रोमान्चक र बहृत् प्याकेजसहितको यो वर्गका सवारीसाधनमा एक मानकका रूपमा स्थापित भएको छ । यो पेट्रोल र डिजेल इन्जिनका दुवै विकल्पमा उपलब्ध छ ।

एक्ययूभी ३००को मूल्य पेट्रोल डब्लूफोर मोडलका लागि रु. ३९,७५,०००/– र डिलेज डब्लूफोर मोडलका लागि रु. ४१,२५,०००/– तोकिएको छ । यो नेपालभरका सबै अग्नि इन्कर्पोरेटेडका डिलरहरूमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

अवार्डका लागि योग्य हुन यी आवश्यकताहरू सबै पूरा गर्नु पर्छः

१. ग्लोबल एनसीएपीको बजार परीक्षण प्रोटोकलको नवीनतम संस्करणअनुसार मोडलले सवारी साधनमा रहने वयस्कका सुरक्षामा फाइभ स्टार स्कोर प्राप्त गरेको हुनुपर्छ ।

२. ग्लोबल एनसीएपीको बजार परीक्षण प्रोटोकलको नवीनतम संस्करणअनुसार मोडलले सवारी साधनमा रहने बालबालिकाका सुरक्षामा कम्तिमा फोर स्टार स्कोर प्राप्त गरेको हुनुपर्छ ।



३.मोडलमा विद्युतीय स्थिरता नियन्त्रण (इएससी) हुनुपर्छ र संयुक्त राष्ट्र संघको नियम यूएन १३ एच, यूएन १४० वा जीटीआर ९ अनुसारका प्रदर्शन आवश्यकताहरू पूरा गरेकै हुनुपर्छ । वैकल्पिक भएको खण्डमा, इएससी सबै मोडल भेरिएन्टहरूमा उपलब्ध हुनुपर्छ, यसलाई अन्य सुविधाहरूका साथ कुनै ‘बन्डलिङ’ नगरी छुट्टै बेच्नु पर्छ र दुई वर्षदेखि मुलुकभित्र बिक्री अनुपातको कम्तिमा २० प्रतिशत मानक पूरा गरेको हुनुपर्छ ।

४. मोडलले संयुक्त राष्ट्र संघीय नियम यूएन १२१ वा जीटीआर ९ अनुसारको पैदल यात्रु सुरक्षा आवश्यकताहरू पूरा गरेको हुनुपर्छ, जसलाई ग्लोबल एनसीएपीद्वारा चयन गरिएको प्रयोगशालामा बजार इकाईमा मान्यता प्रदान गरिएको हुनुपर्छ ।

५. यी सबै आवश्कताहरूलाई ग्लोबल एनसीएपीद्वारा चयन गरिएको प्रयोगशालाद्वारा तथा यदि आवश्यकताअनुरुप टाइप अप्रुभल सर्टिफिकेटको प्राबधानसहित मान्यता प्रदान गरिएको हुनुपर्छ ।

Advertisement

Advertisement

Advertisement