'प्रजातन्त्र केही टाठा बाठाका लागि मात्रै होइन्, देश र जनताका लागि हुनुपर्छ'

Advertisement

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र रक्षाका लागि एक जुट हुन आव्हान गरेका छन् । प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा शुभकामना सन्देश जारी गर्दै उनले प्रजातन्त्र स्थापनाका लागि तत्कालिन राजा त्रिभुवनको योगदानको प्रशंसा पनि गरेका छन् ।

पूर्वराजा ज्ञानेन्द्रले आफ्ना जिजुबाजे त्रिभुवनलाई प्रजातन्त्रदाता भनेर सम्वोधन गर्दै प्रजातन्त्र शब्दमा मात्रै नभएर व्यवहारमा देखिनुपर्ने बताएका छन् । प्रजातन्त्र शब्दमा हैन कर्ममा उत्रनु पर्दछ । रुपमा हैन सारमा झल्कनु पर्दछ । प्रजातन्त्र कुनै अलंकार नामान्तर वा रुपान्तरण मात्र हैन, त्यो जीवनपद्धति र व्यवहारमा देखिनुपर्दछ पर्ने उनको भनाई छ ।

पूर्वराजा ज्ञानेन्द्रले भनेका छन्, 'हामी देश दर्शन र विभिन्न वैदेशिक भ्रमणमा जान्छौँ, त्यहाँ प्रायः सुन्ने बुझ्ने गर्छौँ नेपालमा प्रजातन्त्र जनजीवनको उत्थानमा उमंगमा र उत्साहमा सार्थक हुन सकिरहेको छैन । केही टाठाबाठाका निमित्त मात्रै हैन, केहीको आर्थिक स्वार्थका लागि मात्र हैन, प्रजातन्त्र सबै जनता, सिंगो देशका निम्ति प्रतिफलकारी हुनुपर्दछ ।'

वर्तमान राजनीतिक दललाई संकेत गर्दै ज्ञानेन्द्रले सबैलाई जिम्मेवार हुन पनि आग्रह गरेका छन् । साथै नेपालको भौगोलिक सामाजिक सांस्कृतिक र मौलिक मान्यतालाई बुझेर अघि बढ्न पनि सुझाव दिएका छन् ।

'यस अवसरमा हामी भन्दछौँ हामीले हाम्रो इतिहास नभुलौँ । वर्तमानलाई नबिर्सौँ, भविष्यको कोरा सपना मात्र बाँडेर समय खेर नफाली प्रजातन्त्रिक धर्मको निर्वाह गरौँ । श्री पशुपतिनाथले हामी सबैको रक्षा गरुन्', विज्ञप्तिमा लेखिएको छ ।

Advertisement

Advertisement

Advertisement