'कम्युनिष्टलाई कमजोर पार्न अर्बौं लगानी भइरहेको छ, पछि यसको फेहरिस्त भनौंला'

Advertisement

सुर्खेत, फागुन ७ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपाले नेपालको राजनीतिक मानचित्र बदलेको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपाले मङ्गलबार सुर्खेतमा आयोजना गरेको कर्णाली प्रदेशस्तरीय ‘बृहत्तर अगुवा कार्यकर्ता भेला’ कार्यक्रमको उद्घाटन गर्दै उनले विश्वमा कम्युनिष्ट शक्तिहरु कमजोर भइरहेको बेला नेपालमा बलियो भएर आएका छन् भने । “दुवै पार्टीको एकताबाट एक असाधारण र ऐतिहासिक काम भएको छ”, दाहालले भने, “यसले नेपालको राजनीतिक मानचित्र बदलेको छ ।”

नेपालको कम्युनिष्टहरुलाई कमजोर पार्न अर्बौको लगानी भइरहेको खुलासा गर्दै अध्यक्ष दाहालले भने, “समय पाए यसबारे फेहरिस्त भन्न सकिन्छ । कम्युनिष्ट एकता आजको प्रयासले मात्र नभई विभिन्न ऐतिहासिक कालखण्डदेखिको बहस, छलफल, द्वन्द्ववादी, भौतिकवादी आवश्यकताका आधारमा भएको हो ।”

पूर्वप्रधानमन्त्री प्रचण्डले विश्वमै कम्युनिष्ट शासन भएको देश नेपाल र कूटनीति पक्षलाई जोगाउँदै राष्ट्रिय हितमा एमसीसी पास हुने बताए । कार्यदलले ल्याएको प्रतिवेदन सचिवालयको छलफलपछि मुलुकको सार्वभौमिकता, राष्ट्रिय स्वाधीनता र स्वतन्त्रतामाथि असर नपर्ने गरी पास हुने उनले जानकारी दिँदै लिपुलेक, लिम्पियाधुरा, कालापानीका बारेमा भारतीय सरकारलाई लिखित जानकारी गराइसकिएको र अब सरकारले लिपुलेक, लिम्पिलियाधुरा सम्मिलित नेपालको नयाँ नक्सा जारी गर्ने बताए ।

पूर्वप्रधानमन्त्री एवं नेकपाका माधव नेपालले कम्युनिष्ट पार्टी कमिटी प्रणालीमा विश्वास गर्ने बताए । “नेपालमा राजनीतिक क्रान्ति पूरा भएको छ”, उनले भने, “अब आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरणको आवश्यक छ ।”

गोरखापत्र दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement