भक्तपुरका उद्योग व्यवसायको प्रवर्धन गर्न नबिल बैंकको साथ

Advertisement

काठमाडौं । नबिल बैंक र भक्तपुर उद्योग वाणिज्य संघले मंगलबार संयुक्तरुपमा भक्तपुरका उद्योग तथा व्यवसाय प्रबर्धन विषयक अन्तरक्रिया कार्यक्रम आयोजना भएको छ ।

कार्यक्रममा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाह र भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रदिप श्रेष्ठबीच बैक र संघका सदस्यहरुलाई व्यवसाय प्रबद्र्धन तथा बैकिङ सेवा सुलभ तवरवाट उपलब्ध गराउनेसम्बन्धी सम्झौता समेत भएको छ ।

कार्यक्रममा संघका पदाधिकारी तथा व्यवसायीबाट राखेका बैंक सेवा सुविधा सम्बन्धि जिज्ञासाबारे शाहले जवाफ दिएका थिए । सम्झौतासँगै नबिल बैंकले भक्तपुर उद्योग वाणिज्य संघका सदस्यका साथ साथै देशभरका व्यवसाय र उद्योग क्षेत्रको प्रबर्धन र संरक्षणको लागि सहयोग गर्न आफूहरु सधैं तयार रहेको शाहले बताए ।

उनले भने, ‘भक्तपुर तथा देशभर रहेका व्यवसाय र उद्योग क्षेत्रलाई संरक्षण र उन्नतीको लागि नबिल बैंक तत्पर छ । व्यवसाय र उद्योग क्षेत्रको विकासका लागि भक्तपुर उद्योग वाणिज्य संघसंग सहकार्य गर्न पाउदा हामी निकै खुशी छौं । यो सहकार्यले उद्योग वाणिज्य क्षेत्रमा आवद्ध भएका व्यवसायहरुलाई लाभ हुने विश्वास लिएका छौं ।’

भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रदिप श्रेष्ठले भक्तपुरका उद्योग व्यवसायको प्रबर्धन गर्न बैंकको साथ पाएकोमा खुशी जनाए । नबिल बैंकले ११४ वटा शाखाहरु, १६६ वटा एटिएमहरुको सञ्जाल र एक हजार पाँच सय बढी नबिल रेमिट एजेन्टहरु रहेका छन् ।

Advertisement

Advertisement

Advertisement