शेयर बजार बढ्ने क्रम जारी, ५.२४ अंकले बजार बढ्दा १ अर्ब ६६ करोडको कारोबार

Advertisement

काठमाडौँ । शेयर बजार बढ्ने क्रमले आजपनि निरन्तरता पाएको छ । साताको चौथो दिन आज ५.२४ अंकले बजार बढेको हो ।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)का अनुसार आज ०.३७ प्रतिशतले बढ्दा नेप्से परिसूचक १४०५.२५ बिन्दुमा पुगेको छ ।

आज १७७ कम्पनीका ३४ लाख ५५ हजार ६८२ कित्ता शेयर किनबेच हुँदा शेयर बजारमा १ अर्ब ६२ करोड ८८ लाख ४१ हजार ३८९ रुपियाँको कारोरबार भएको छ ।

शेयर बजार बढेको दिन आज बैंकिङ, होटल, वित्त, निर्जीवन, जीवन र म्युचुअल फण्ड समूह राताम्मे भए भने बाँकी समूहमा हरियाली छाएको छ ।

ट्रेडिङ समूह ८.२९, विकास बैंक समूह ५.५२, जलविद्युत समूह ४.८१, उत्पादनमूलक समूह ९४.७१, अन्य ४.५६ र लघुवित्त समूह १०४.३९ अंकले बढेका छन् ।

त्यसैगरी बैंकिङ समूह ३.७५, होटल समूह ०.२७, वित्त समूह ३.२७, निर्जीवन बीमा समूह ५२.७८, जीवन बीमा समूह १९.४२ र म्युचुअल फण्ड ० अंकले घटेका छन् ।

बजार बढेको दिन आज सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरुले सबैभन्दा बढी १० प्रतिशत नाफा कमाएका छन् भने मल्टिपप्रोस फाइनान्स कम्पनीका लगानीकर्ताहरुले सबैभन्दा बढी ९.५५ प्रतिशत घाटा व्यहोरेका छन् ।

Advertisement

Advertisement

Advertisement