मातातिर्थ जग्गा प्रकरणमा जेल हाल्ने ओलीको तयारीपछि बाबुरामको चेतावनी– तिम्रो के हविगत होला ?

,   ७ फाल्गुन २०७६, बुधबार, ०४:३३ pm   
kp_baburam

काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सत्यतथ्य नबुझी राजनीतिक प्रतिशोधको मनसायले प्रधानमन्त्री केपी ओलीले मातातिर्थको जग्गाको विषयलाई उचालेको तर्क गरेका छन् । उक्त जग्गामा बाबुराम भट्टराई दोषी रहेको समाचार बाहिर आएपछि बाबुरामको यस्तो प्रतिक्रिया आएको हो ।

उनले २०२६ सालमै राजा महेन्द्रले बिर्ता त्यागी रैकरमा परिणत गरेको मातातिर्थको जोताहा÷मोहीको जग्गासम्बन्धी आफ्नो मन्त्रिपरिषदले गरेको नीतिगत निर्णयलाई उछालेर संसद र जनतालाई भ्रम छर्नु आपत्तिजनक भएको बताएका छन् ।

अरूमाथि हिलो छ्यापेर आफ्नो आंगको फोहर पखालिन्न भन्ने बुझ्दा राम्रै होला ! भन्दै बाबुरामले मन्त्रिपरिषदको विधिसम्मत नीतिगत निर्णयलाई काटेर कालीदासले झैं हाँगामा बसेर फेद काट्दा के हविगत हुन्छ ? स्मरण गर्नु उचित होला ! भनी चेतावनीपूर्ण शैलीमा प्रतिक्रिया जनाएका छन् ।

aecc

जोताहा किसानको जमीन फेरि राजाको नाउँमा लगेर ट्रष्ट हुँदै यति होल्डिङ्सलाई सुम्पने दाउ हो ? आफ्नो भन्नु केही नरहेको उनको तर्क छ । शनिबार संसदमा सरकारले दुई वर्षमा गरेको उपलब्धी सार्वजनिक गर्ने क्रममा ओलीले मातातीर्थस्थित नेपाल ट्रस्टको १७४ रोपनी जग्गाको छानविन हुने बताएका थिए ।

बाबुरामको मन्त्रिपरिषद्ले ‘केही व्यक्तिलाई लाभ पुर्याउने नियतका साथ ‘नीतिगत निर्णय लिनुपर्ने अवस्था भयो’ भन्दै २०६९ साल कात्तिक २ गते यस सम्बन्धमा नेपाल ट्रस्ट ऐन २०६४ को दफा (४) को उपदफा २ र ३ विपरीत निर्णय गरेको ओलीको भनाई छ । उनले जसरी ललितानिवास प्रकरणमा राज्यको सम्पत्तिमा भएको अवाञ्छित दोहनको छानबिन गरी कारवाही अघि बढाइएको छ, यस काण्डको पनि सोही अनुरुप छानविन हुने बताएका थिए ।

मातातिर्थको जग्गा नक्कली मोही खडा गरेर व्यक्तिका नाममा सार्न आदेश दिने (बाबुराम भट्टराई)लाई छानविन गरेर कारवाही गरिने ओलीले बताएका थिए । ओलीको भनाई अनुसार बाबुराम यस प्रकरणमा प्रमुख दोषी देखिन्छन् ।