पुल्चोक इन्जिनियरिङ क्याम्पसमा ‘टेक टक’

Advertisement

ललितपुर । ईन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक ईन्जिनियरिंङ क्याम्पसमा अध्ययनरत इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स ईन्जिनियरिंङका विद्यार्थीको समूह इन्टिच्यूट अफ इलेक्ट्रिकल एण्ड इलेक्ट्रिोनिक्स इन्जिनियर्स  (आईईई) को आयोजनामा बुधबार क्याम्पसमा टेक टक (प्रविधि सम्वन्धी अन्तरक्रिया) सम्पन्न भएको छ ।

कार्यक्रममा ईन्टरनेशलन ग्रीन डेभलपर्स नेपाल (गोर्खा इको प्यानल) प्रालिका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ईन्जिनियर कृष्णभक्त दुवालले टेक्नोलोजी भन्दा सस्टेनेविलिटी महत्वपूर्ण रहेको बताए । आफूले पढेका ज्ञानलाई भरपूर उपयोग गरी समाजको आवश्यकता अनुसारको दिगो प्रविधिको विकाश गर्दै जानु आवश्यक भएको उनले बताए ।

कार्यक्रममा इन्जिनियर दुवालले कुनै पनि प्रोडक्ट व्यवसायिक रुपमा सफल हुन त्यो प्रोडक्ट राजनीतिक रुपमा, वातावरणीय रुपमा, सामाजिक रुपमा प्राविधिक रुपमा, आर्थिक रुपमा तथा कानुनी रुपमा सभ्भब भए मात्रै सम्भव हुने बताए । उनले नयाँं टेक्नोलोजी ल्याउनु मात्रै ठूलो कुरा नभई त्यसलाई बजारमा स्थापित गर्नु ठूलो कुरा रहेको बताए । नयाँं टेक्नोलोजी बजारमा ल्याएसँंगै त्यसलाई बजारले माग गराउन सक्नु महत्वपूर्ण रहेको उनले बताए । यसकारण नयाँं टेक्नोलोजीको विकास अघि बजार अनुसन्धानमा विशेष ध्यान दिनुपर्ने अनुभब उनले सुनाए । उनले बजारको मागलाई बुझेर नयाँंनयाँं टेक्नोलोजी ल्याउनुपर्नेमा जोड दिए ।

यस्तै यात्री मोटरसाइकलका सिस्टम इन्जिनियर सुलभ श्रेष्ठ पनि कार्यक्रमको कि स्पीकर (मुख्य बक्ता) को रुपमा बोलेका थिए ।कार्यक्रममा आईईईका प्रमुख डा अर्जुनकुमार तिमल्सिनाले आईईईई नेपालकोबारेमा जानकारी गराए । पुल्चोक क्याम्पसका क्याम्पस प्रमुख प्राडा लक्ष्मण पौडेलले पनि कार्यक्रममा आफनो भनाई राखेका थिए । कार्यक्रमपश्चात दुवै जना कि स्पीकरणलाई धन्यवादको प्रमाणपत्र वितरण गरिएको थियो ।

Advertisement

Advertisement

Advertisement