समृद्धिको यात्रामा समन्वय खोज्न विकास समितिको प्रदेश दौड 

Advertisement

काठमाडौं । विकास र समृद्धिमा अन्तरतह समन्वय खोज्दै संघीय संसदको विकास तथा प्रविधि समिति प्रदेश दौडमा निस्केको छ । सभापति कल्याणी खड्काको नेतृत्वमा आधा दर्जन सांसद र विज्ञहरुको टीम प्रदेश दौडमा निस्केको हो ।

समिति यतिबेला गण्डकी प्रदेशको राजधानी पोखरामा दुई दिने कार्यशाला गरिरहेको छ ।
कार्यशालामा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ, आर्थिक मामिला मन्त्री किरण गुरुङसहित कास्कीका प्रतिनिधी सभा सदस्य विद्या भट्टराई, खगराज अधिकारी, पोखरा महानगरका मेयर मान बहादुर जीसी, प्रदेश सभाका सांसदहरुको सहभागीता छ ।


त्यस्तै, गाउँपालिका महासंघ प्रदेश समिति, नगरपालिका महासंघ प्रदेश समिति, उद्योग बाणिज्य महासंघ प्रदेश समिति, चेम्बरको प्रदेश समिति, नेपाल उद्योग परिसंघ, निर्माण व्यवसायी महासंघ, शहकारी महासंघका प्रदेश समितिका पदाधिकारी कार्यशालामा सहभागी छन् ।

कार्यशालामा विकास तथा प्रविधि समितिका तर्फबाट संघीय मामिला विज्ञ डा. खिमलाल देवकोटा, राष्ट्रिय योजना आयोगको सम्बन्धित प्रदेश हेर्ने सदस्य, प्रशासन क्षेत्रका विज्ञ काशीराज दाहाल, पूर्व सचिव पूर्ण कडरिया, डा. द्धारिका उप्रेतिले फरक फरक बिषयमा कार्यपत्र प्रस्तुत गरिरहेका छन् ।

पोखरामा आयोजीत कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङले केन्द्र सरकारको आवश्यक सहयोग नपाएको गुनासो गरेका थिए । उनले कर्मचारीको अभाव, अनेक प्रकारका सहजताका वावजुद पनि गण्डकी प्रदेश सरकारले ६ महिनामा ६० प्रतिशत बजेट खर्च गरेको बताएका थिए ।

कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै समिति सभापति कल्याणी खड्काले तीन तहका सरकारबीच समन्वय नगरि समृद्धिको सपना पुरा नहुने बताइन् । उनले तीनै तहका सरकारबीच समन्वयको सुत्र खोज्न समितिले विज्ञ सम्मिलित कार्यशाला गरिरहेको पनि बताइन् ।

समितिले यस अघि माघ ३ र ४ गते बागमति प्रदेशको राजधानी हेटौँडामा कार्यशाला सम्पन्न गरिसकेको थियो । अब समितिले बाँकी ५ वटै प्रदेशमा कार्यशाला आयोजना गर्नेछ ।

Advertisement

Advertisement

Advertisement