नुवाकोटका एक युवाद्धारा नौ पेज लामो ‘सुसाइड नोट’ लेखी आत्महत्या

,   ८ फाल्गुन २०७६, बिहीबार, ०८:०७ am   
arpan_dhungana

नुवाकोट । ककनी गाउँपालिका ३ ढुँगानागाउँका २४ बर्षीय एक युवकले नौ पेज लामो ‘सुसाइड नोट’ लेखेर आत्महत्या गरेका छन् ।

बुधबार बिहान सामान किन्ने भन्दै निस्किएका अर्पन ढुँगाना अपरान्ह ४ः३० बजे झुण्डिएको अवस्थामा फेला परेका हुन् । स्थानीयले उनलाई झुण्डिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

ढिलो गरी आईपुगेको प्रहरीले घट्नास्थलबाट नौ पेज लामो सुसाइड नोट फेला पारेको थियो। उक्त नोटमा के छ ? प्रहरीले देखाउन नमानेको स्थानीयको भनाई छ । मृतक ढुँगानालाई पोष्टमार्टमको लागि राति नै काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल लगिएको स्थानीयले जानकारी दिए ।

aecc