विमानस्थलमा पर्यटनमन्त्रीले गरे ‘परी’सँग संवाद, ‘रोबोटले बतायो पर्यटन गन्तव्य र भिषा प्रक्रिया’

Advertisement

काठमाडौँ । त्रिभुवन अन्तराष्ट्रिय  विमान स्थलमा ‘पर्यटन परी’ नामका दुईवटा रोबोटबाट सेवा सुरु गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई विहीबार एक समारोहका बीच सो सेवा उद्घाटन गरेका हुन् ।

मन्त्रालय, नेपाल भ्रमण वर्ष २०२० को सचिवालय, नेपाल पर्यटन बोर्ड र नेपाल नागरिक उड्डयन प्राधिकरणको संयुक्त प्रयासमा उक्त सेवा शुरु भएको हो । ती दुई वटा रोवोटलाई विमानस्थलको आगमन र प्रस्थान कक्षमा राखिएको छ ।

उक्त रोवोटहरुले नेपाली, अंग्रेजी र चिनियाँ भाषामा सम्वाद गर्ने र पर्यटकहरुलाई नेपालका पर्यटन गन्तव्य, भिषा प्रक्रिया र विमास्थलको संरचना लगायतका विषयमा जानकारी गराउने छ ।

रोबोट नेपाली प्राबिधिकले तयार गरेका रोवोठबाट त्रिभुवन बिमानस्थल थप आधुनिक र प्रबिधी मैत्री बन्न पुगेको पर्यटनमन्त्री भट्टराईले बताए । उक्त अवसरमा उनले ‘पर्यटन परी’सँग संवाद गरेका थिए ।



Advertisement

Advertisement

Advertisement