काँग्रेसले भन्यो– मन्त्री बाँस्कोटालाई बर्खास्त गरी छानविन सुरु गर

Advertisement

काठमाडौं । प्रमुख प्रतिपक्षी कांग्रेसले पत्रकार सम्मेलन गरेर सञ्‍चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई बर्खास्त गर्न र ‘सेक्युरिटी प्रिन्टिङ प्रेस’ खरिदमा भएको अनियमितता छानबिन गर्न सरकारसँग आग्रह गरेको छ ।

मन्त्री बाँस्कोटाले सेक्युरिटी प्रेस खरिदमा ७० करोड रुपियाँ कमिसनको बार्गेनिङ गरेको अडियो सार्वजनिक भएपछि कांग्रेस प्रवक्ता विश्‍वप्रकाश शर्माले पत्रकार सम्मेलन गरी बाँस्केटालाई बर्खास्त गर्न र खरिद प्रक्रियामा भएको अनियमितता छानविन गर्न माग गरेका हुन् ।

प्रवक्ता शर्माले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद तयारी गरेसँगै ठूलो रकमको अनियमितता तयारी भइरहेको थियो भन्‍ने अनुमानित विवरण यसअघि नै सार्वजनिक भएका थिए। तर स्वयं सञ्‍चारमन्त्रीले कमिसनका लागि बार्गेनिङ गरेको अडियो सार्वजनिक भएपश्चात् त्यो अनुमान बलियो ढंगले प्रमाणित भएको छ ।’

Advertisement

Advertisement

Advertisement