डेपुटी गभर्नर शिवाकोटीलाई दिए प्रधानमन्त्रीले शुभ कामना, भने-‘उहाँको प्रगति निश्चित छ’

Advertisement

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीलाई शुभ कामना दिएका छन् ।

डेपुटी गभर्नर शिवाकोटीद्वारा लिखित ‘मुलुक आर्थिक समृद्धिको यात्रामा’ तथा ‘समृद्ध नेपाल, सुखी नेपाली’ नामक पुस्तकको विहीबार प्रधानमन्त्री निवास वालुवाटारमा बिमोचन गर्दै प्रधामन्त्री ओलीले भने–‘उहाँको प्रगति निश्चित छ ।’

सो अवसरमा उनले देश बनाउने कुरा कविता लेखेजस्तो सजिलो छैन भने । भत्किएको संरचनामात्रै हैन जर्जर बनेको अर्थतन्त्र पनि बनाउँदैछौँ–उनले भने । अठोटले देश बन्ने हो, त्यो हामीसँग छ–प्रधानमन्त्रीले भने ।

गभर्नर डा. चिरञ्जीवी नेपालको कार्यकाल १ महिनामात्र बाँही रहँदा डेपुटी गभर्नर शिवाकोटी पनि गभर्नरको दौडमा रहेका बेला प्रधानमन्त्रीको उक्त अभिव्यक्तिलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

Advertisement

Advertisement

Advertisement