ठूलो भ्रष्टाचार भएको आशंका गर्दै लेखा समितिले सेक्युरिटी प्रेस खरिद रोक्न निर्देशन दियो

Advertisement

काठमाडौं । ठूलो भ्रष्टाचारको आशंका गर्दै संसद्को सार्वजनिक लेखा समितिले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रिया अघि नबढाउन सरकारलाई निर्देशन दिएको छ ।

बिहीबार बसेको समितिको बैठकले अर्को निर्णय नगरेसम्म खरिद प्रक्रिया अगाडि नबढाउन निर्देशन दिएको हो । उक्त प्रेस खरिद प्रक्रियामा सुचना प्रविधि तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले ७० करोड रुपियाँ घुस मागेको अडियो सार्वजनिक भएसँगै लेखा समितिले यस प्रक्रियामा गम्भीर चासो देखाएको हो ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियामा थुप्रै कमीकजोरी र अनियमितता भएको देखिएको भन्दै समितिले यसलाई अझै गम्भीरताका साथ छलफल गर्नुपर्ने भएकाले अहिलेलाई यो प्रक्रिया स्थगित गर्न सरकारलाई निर्देशन दिएको हो ।

समितिले मन्त्री बास्कोटाले घुस मागेको अडियोबारे पछि छानबिन हुने समितिका सभापति भरत शाहले बताएको छन् । अडियोको विषयमा जवाफ दिन लेखा समितिले मन्त्री बाँस्कोटालाई बोलाए पनि उनी उपस्थित भएनन् । समितिले कुनै पूर्वजानकारी उपस्थित नभएको समितिको भनाई छ ।

Advertisement

Advertisement

Advertisement