शेयर बजार बन्द भएपछि नेप्सेको प्रतिक्रिया- ‘आज इतिहासमै सबैभन्दा बढी कारोबार’

Advertisement

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)ले विहीबार नेपालको पूँजी बजारको इतिहासमै सबैभन्दा बढी कारोबार भएको जनाएको छ ।

नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले विज्ञप्ति प्रकाशित गरी उक्त कुरा उल्लेख गरेका हुन् ।

विहीबार २३ हजार ९०० कारोबारमा २ अर्ब ७८ करोड ५० लाख रुपियाँको ५८ लाख २९ हजार ५ सय १० कित्ता शेयर किनबेच भएको छ ।

नेप्सेले कात्तिक २० गतेदेखि अनलाइन कारोबार प्रणाली औपचारिक रुपमा सञ्चालक गरेपनि क्रमिक रुपमा कारोबार गतिबिधि बढेको उल्लेख गरेको छ ।

नेप्सेको कारोबार प्रणालीमा सीडीएससीएल तथा एनसीएचएलको प्रणालीमा आबद्ध ७५ भन्दा बढी बैंक तथा वित्तीय संस्था मार्फत कारोबार सम्बन्धी रकम तथा धितोपत्र भुक्तानी तथा राफसाफ गर्न/गराउन सकिने भएपछि लगानीकर्ताले यसहमा सहभागी हुन सहज महशुस गरेको प्रवक्ता पराजुलीद्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख छ ।

पछिल्लो साता कारोबारको दिनको तथ्याङ्लाई हेर्दा अनलाइनबाट मात्रै एक तिहाई कारोबार हुन थालेको देखिन्छ । माघ अन्तिमसम्मको तथ्याङ्कलाई हेर्दा दैनिक औसत कारोबार रकम १ अर्ब ४२ करोड रुपियाँ पुगेको छ । गतवर्ष यस्तो औसत कारोबार ३० करोड रुपियाँ थियो-प्रवक्ता पराजुलीले उल्लेख गरेका छन् ।

Advertisement

Advertisement

Advertisement