सञ्चार मन्त्रालयको जिम्मेवारी अर्थमन्त्री खतिवडालाई, नेम्वाङलाई शहरी विकास

Advertisement

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी अर्थमन्त्री डा. युवराज खतिवडालाई सम्हाल्ने गरी तोकेकी छिन् ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आज राजीनामा दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले डा खतिवडालाई कार्यभार तोकेकी हुन् ।

यस्तै बाँस्कोटाले सम्हाल्दै आएको शहरी विकास मन्त्रालयको जिम्मेवारी भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री वसन्तकुमार नेम्वाङले सम्हाल्ने गरी राष्ट्रपति भण्डारीले तोकेको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दहालले विज्ञप्तिमार्फत जानकारी दिए ।

Advertisement

Advertisement

Advertisement