रेल्वे कम्पनीले माग्यो २६ जना कर्मचारी, कहिलेसम्म दिने आवेदन ?

Advertisement

काठमाडौँ । नेपाल रेल्वे कम्पनी लिमिटेडले करार सेवामा २६ जना कर्मचारी नियुक्त गर्ने भएको छ । कम्पनीले शुक्रबार सूचना प्रकाशित गरी कर्मचारी माग गरेको हो ।

सिनियर सेक्सनल इञ्जिनियर सिग्लनिङ १ जना, स्टेशन मास्टर ८ जना, चीफ पावर कन्ट्रोलर १ जना, चीफ लोको इन्स्पेक्टर १ जना, लोको पाइटल ३ जना, सह लोको पाइलट ३ जना, पीवे सुपरभाइजर ३ जना, मेकानिक ३ र पोइन्टस मेन ३ जना माग गरेको हो ।

कम्पनीलाई प्राविधिक कर्मचारीहरु आवश्यक परेकाले विज्ञापन खुलाइएको र १५ दिन भित्र योग्यता पुगेका व्यक्तिहरुले आवदन दिन सक्ने जनाइएको छ । इच्छुक व्यक्तिहरुले कम्पनीको सम्पर्क कार्यालय काठमाडौँ विशालनगरमा रहेको रेल विभागको भवनमा निवेदन दिन सक्ने छन् ।

Advertisement

Advertisement

Advertisement