चेपे खोला साना जलविद्युत आयोजनामा एनएमबीले एक्लै एक अर्ब १२ करोड ऋण लगानी गर्दै

Advertisement

काठमाडौं । एनएमबि बैकले आशुतोष इनर्जी प्रालिले निर्माण अघि बढाएको लम्जुङको दुधपोखरी गाउँपालिका तथा गोरखाको अजिरकोट गाउँपालिकास्थित आठ दशमलव ६३ मेगावाटको चेपे खोला साना जलविद्युत आयोजनामा एक अर्ब १२ करोड ५० लाख रुपियाँ ऋण लगानी गर्न सहमति भएको छ ।

कुल एक अर्ब ५० करोड लागत अनुमानको यस आयोजनामा बैंकले एक्लै एक अर्ब १२ करोडभन्दा बढि लगानी गर्न लागेको हो । योसहित एनएमबीले अहिलेसम्म ४० वटा जलविद्युत आयोजनामा लगानी गरेको छ ।

चेपे खोला साना जलविद्युत आयोजनामा जलविद्युत क्षेत्रका अनुभवी प्रवद्र्घकहरु तथा स्थानीय बासिन्दाहरुको लगानीमा निर्माण हुन लागेको भन्दै बैंकले व्यापारिक उत्पादन शुरु गर्नुपर्ने मिति २०७८ फागुन ९ गते भएता पनि कम्पनीले ४ महिना अगावै व्यापारिक उत्पादन शुरु गर्ने लक्ष्य राखेको जनाएको छ । विद्युत गृहबाट उत्पादित विद्युत लमजुङमा अवस्थित किर्तिपुर सब स्टेशनमा जडान गरिनेछ ।

Advertisement

Advertisement

Advertisement