मनमोहन मेमोरियल इन्ष्टिच्यूट अफ हेल्थ साइन्सेजले मनायो १३औं बार्षिकोत्सव

Advertisement

काठमाडौँ । मनमोहन मेमोरियल इन्ष्टिच्यूट अफ हेल्थ साइन्सेजको १३औं बार्षिकोत्सव सम्पन्न भएको छ ।

उक्त अवसरमा आयोजित कार्यक्रममा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणी पोखरेलले कलेजले स्वास्थ्य विज्ञानका १३ वटा कार्यक्रमहरु संचालन गरी गुणस्तरीय शिक्षामा पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै गतवर्ष उत्कृष्ट कलेजको रुपमा सम्मानित भएको स्मरण गरे ।

सो उत्कृष्टताको लागि मन वचन र कर्मले सहयोग गर्ने कलेज व्यवस्थापन समिति, शिक्षक, विद्यार्थीलाई धन्यवाद दिदैं प्रशंसा गरे । तर कलेजले एम बी बी एस कार्यक्रम संचालन गर्न नसकेकोमा दुःख व्यक्त गर्दै राजनीतिको कारणले उक्त कार्यक्रम स्वीकृत नभएको बताए ।

यस्तै व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले कलेजको बार्षिकोत्सव कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकोमा सम्बन्धित सबैलाई धन्यवाद दिए । गुणस्तरीय शिक्षा प्रदान गर्ने कार्यमा कलेज सदैव कटिबद्ध रहने प्रतिवद्धता समेत व्यक्त गरेका थिए ।

कलेजका उपाध्यक्ष जीवनप्रकाश शर्माले स्वागत मन्तव्य व्यक्त गर्दै कलेजको शैक्षिक इतिहास उल्लेख गरे । सहकारीबाट संचालित यस कलेजले भोग्नु परेका व्यवहारिक नीतिगत समस्याहरु माथि प्रकाश पार्दै उत्कृष्ट विद्यार्थीहरुलाई बधाई दिदै नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत गरे । यस वर्ष त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त चिकित्साक्षेत्रका कलेजहरुमा ३ महिना पठनपाठन ढिलो हुन गएकोमा ध्यानाकर्षण समेत गराए ।

उक्त कार्यक्रममा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदका प्रतिनिधि डाकुरनाथ पराजुली र चिकित्सा शास्त्र अध्ययन संस्थानका सहायक डीन प्रा. मन्दिरा वन्तले मनमोहन मेमोरियल इन्ष्टिच्यूट अफ हेल्थ साइन्सेजको उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरे ।

क्याम्पस प्रमुख प्रा. विष्णु भट्राई कार्यक्रममा उपस्थित विद्यार्थी शिक्षक कर्मचारी तथा अतिथिहरुलाई धन्यवाद ज्ञापन गरे । उक्त अवसरमा कलेजको सोभनियर पनि विमोचन गरियो साथै दूई जना विद्यार्थीहरुलाई मनमोहन स्मृति छात्रवृति समेत वितरण गरियो ।

बार्षिकोत्सवको अवसरमा ७ दिनसम्म कलेजले निःशुल्क स्वास्थ्य परिक्षण तथा अतिरिक्त क्रियाकलाप समेत सम्पन्न गरेको थियो ।

Advertisement

Advertisement

Advertisement