बामरोल लुब्रिकेन्ट नेपाली बजारमा, रिटेल पसल र मेकानिक्स वर्कसपहरुमा पाइने

Advertisement

काठमाडौँ । १ सय ५३ वर्ष पुरानो र भारत सरकारको स्वामित्वमा रहेको कम्पनीद्वारा उत्पादित बामरोल लुब्रिकेन्ट नेपाली बजारमा औपचारिक रुपमा भित्रिएको छ । सो लुब्रिकेन्ट भारतको बामर लरी एन्ड कम्पनी लिमिटेडले उत्पादन गर्छ । नेपालमा कन्काई आयल सप्लायर्सले सो लुब्रिकेन्ट औपचारिक रुपमा भित्र्याएको हो ।

बिहीबार एक कार्यक्रमकाबीच बामर लरी एन्ड कम्पनीका चिफ अपरेटिङ अफिसर श्रीजित बेनर्जी र रिटेल सेल्सका भाइस प्रेसिडेन्ट आरके सिंह, कन्काई आयल सप्लायर्सका सञ्चालक राजकुमार गोयल, नेपाल अटो मेकानिक्स व्यवसायी संघका अध्यक्ष ठाकुरप्रसाद न्यौपाने र निवर्तमान अध्यक्ष दीपक खड्काले संयुक्त रुपमा बामरोल लुब्रिकेन्ट सार्वजनिक गरे ।

सो अवसरमा बेनर्जी र सिंहले बामरोल लुब्रिकेन्टको प्राविधिक पक्ष र यसको गुणस्तरीयता तथा भारत लगायतका देशमा यसको बजारको अवस्था वारेमा जानकारी प्रदान गरेका थिए ।

बेनर्जीले ग्रुप टु बेस आयलबाट बनेका लुब्रिकेन्ट र ग्रिज भएका तथा कमिन्स यूएसए र भल्वो स्विडेनबाट प्रमाणित भएकाले बामरोल लुब्रिकेन्ट आफैमा गुणस्तरीय र प्रतिष्ठित भएको बताए । उनले यी लुब्रिकेन्ट तथा ग्रिजमा १० विशेषता भएका डेकाट्रोल टेक्नोलोजी प्रयोग गरिएको बताए । सिंहले यो वर्ष भित्रै नेपालका सबै रिटेल पसल र मेकानिक्स वर्कसपहरुमा बामरोल लुब्रिकेन्ट उपलब्ध हुने बताए ।

कन्काई आयल सप्लायर्सका सञ्चालक राजकुमार गोयलले गुणस्तरीय लुब्रिकेन्ट उपलब्ध गराउने चाहना अनुसार नै बामरोल रोजेको बताए । उनले नेपाली अटोमोबाइल व्यवसायी, मेकानिक्स र गाडी धनीहरुको सेवामा सदैव समर्पित रहेको स्मरण गराउदै आगामी दिनमा समेत सबैको साथ रहने अपेक्षा गरे ।

न्यौपाने र खड्काले लुब्रिकेन्ट गुणस्तरीय भएमा यसको प्रयोग गर्न पनि गाडी धनीहरु उत्साहित हुने र कम्पनीहरुले यसमा ध्यान दिनु पर्ने बताए । गुणस्तरीय लुब्रिकेन्ट भएमा आगामी दिनमा यसको पर्फमेन्सका कारण ग्राहक संख्या बढ्ने र यो कार्यका लागि उनीहरुले कम्पनीलाई शुभकामना प्रदान गरे ।

बामर लरी एन्ड कम्पनीको स्थापना सन् १८६७ को फेब्रुअरी १ मा भएको थियो । स्कटल्यान्डका जर्ज स्टेफन बामर र अलेक्जेर लरीले सो कम्पनीको स्थापना गरेका थिए । लुब्रिकेन्ट र ग्रिजका साथै ट्राभल एन्ड भ्याकेसन, इन्डष्ट्रियल प्याकेजिङ, लजिस्टिक सर्भिस आदि विभिन्न क्षेत्रमा यो कम्पनीका उत्पादन उपलब्ध छन् ।

कम्पनीले ८१ वर्ष पहिले सन् १९३७ मा भारतको कोलकातास्थित प्लान्टबाट लुब्रिकेन्ट र ग्रिज उत्पादन थालेको थियो । हाल चेन्नाई, कोलकाता र सिल्वासामा यसको प्लान्ट छन् । कम्पनीले चारपांग्रे र दुईपांग्रे सवारी साधनका सबै सेगमेन्टमा लुब्रिकेन्ट र ग्रिज उपलब्ध गराउदै आएको छ ।

बामरोललाई लुब्रिकेन्टको क्षेत्रमा सबैभन्दा विश्वसनीय र अनुभवी औद्योगिक तथा मोटर लुब्रिकेन्ट मानिने कम्पनीले बताएको छ । उत्कृष्ट प्रविधि, उच्च गुणस्तर र दक्ष प्रदर्शनको पर्याय बामरोल भारतको सर्बाधिक ग्रिज उत्पादक कम्पनी तथा एसियाकै शीर्ष १० सर्बाधिक ग्रिज उत्पादक कम्पनीको रुपमा परिचित भएको बताइएको छ ।

बामरोललाई द इकोनोमिक्स टाइम्सले द बेस्ट ब्रान्ड २०१८–१९ को रुपमा सम्मानित गरेको थियो । गुणस्तरीयता र वातावरणमैत्री लुब्रिकेन्टको रुपमा यसले विभिन्न अन्तर्राष्ट्रिय प्रमाणपत्रहरु प्राप्त गरेको छ ।

Advertisement

Advertisement

Advertisement