नेकपा कार्यकर्ताले नै मागे प्रधानमन्त्री ओलीको राजीनामा

Advertisement

काठमाडौं । नेकपा कार्यकर्ताहरुले नै प्रधानमन्त्री केपी ओलीको राजीनामा माग्न थालेका छन् ।
सेक्युरीटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा गोकुल बास्कोटाको अडियो डेढ महिना अघि नै पाएर पनि गोप्य राखेको भन्दै प्रधानमन्त्री ओलीले पनि नैतिकताका आधारमा राजीनामा दिनु श्रेयकर हुने नेकपा कार्यकर्ता एकिन्द्र कुँवरले फेसबुकमा लेखेका छन् ।

भिम रावल निकट मानिने कुँवर प्रेस संगठन नेपालका केन्द्रिय सदस्य समेत हुन् । उनले ७० करोड प्रकरणमा अर्थमन्त्री डा. युवराज खतिवडा, परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली, निवर्तमान अर्थ सचिव डा. राजन खनाल, परराष्ट्र सचिव शंकरदास बैरागी माथी पनि छानविन गर्न माग गरेका छन् ।

यति होल्डिग्ंसको हितका लागि राज्यशक्तिको दुरुपयोग गर्ने प्रधानमन्त्री ओली माथी पनि निर्मम छानविन हुनुपर्ने उनको मान्यता देखिन्छ ।

Advertisement

Advertisement

Advertisement