प्रधानमन्त्री भन्छन्ः नेपालका लघु वित्तहरुको ब्याजदर विश्वमै सस्तो छ

Advertisement

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले नेपालका लघु वित्त कम्पनीहरुको ब्याजदर विश्वमै सस्तो भएको दावी गरेका छन् । लुघ वित्त कम्पनीहरुले लिईरहेको ब्याजदर र सेवा शुल्कबारे प्रश्न उठिरहँदा प्रधानमन्त्री ओलीले विश्वमै सस्तो ब्याजदरमा लघु वित्तहरुले काम गरिरहेको बताएका हुन् ।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीद्धारा लिखित पुस्तक बिमोचन गर्दै ओलीले लघु वित्तहरुको पक्षपोषण गरेका हुन् ।

‘लघु वित्तहरुको इन्ट्रेस्ट(ब्याजदर) नेपालमा विश्वमै सबै भन्दा सस्तो छ । धेरै देशहरुमा ५४ प्रतिशतसम्म ब्याज छ, यहाँ त निकै थोरै छ नी ।’, प्रधानमन्त्री ओलीले भने । लघु वित्त कम्पनीहरुलाई आफुले गरेको ऋण लगानी उठाउनै मुस्किल हुने गरेको पनि बताए । ‘यहाँ कहाँ ब्याजदर धेरै छ ? लघु वित्तहरुले गरेको ऋण लगानी त झ उठ्दै उठ्दैन, कसरी ब्याजदर धेरै लिएको हुन्छ ?’, ओलीले प्रति प्रश्न गरे ।

विश्वका धेरै देशहरुमा लघु वित्त कम्पनीहरुको ब्याजदर ५० प्रतिशत भन्दा बढी हुने गरेको बताउँदै नेपालमा १८।१९ प्रतिशत ब्याजदरमा काम गर्दा गाली गर्न नहुने पनि बताएका थिए ।

लघु वित्त कम्पनीहरुले आफैं श्रोतका जोहो गर्न नपाउने भएकाले बैंकहरुबाट पैसा लिएर पुनः लगानी गर्नु परेको र गाउँ गाउँमा सेवा दिनु पर्ने भएकाले पनि १८।२० प्रतिशत ब्याज लिईरहेको बताए ।

Advertisement

Advertisement

Advertisement